ओसी ग्रुपको ‘मेरो डिस्काउन्टस्’ सेवा सञ्चालनमा

0
Shares

काठमाडौँ।

ओसी ग्रुप सफ्टवेयर प्रालिले आज (सोमबार)देखि ‘मेरो डिस्काउन्टस्’ सेवा सञ्चालन गरेको छ। नेपालकै एक मात्र स्थानीय अनलाइन मञ्च ‘मेरो डिस्काउन्टस्’ सेवा छुट प्रदान गर्ने कम्पनी हो। जसले स्थानीय व्यवसायीहरुको व्यापार बढाउन तथा ग्राहकवर्गहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

छुटमा नगद छुट, प्रमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुन सक्ने कम्पनीले जनाएको छ।

सेवामा स्वस्थ्य र स्वादिष्ट भोजनको साथै स्पाको आनन्द लिन तथा मनोरञ्जनात्मक क्रियाकलाप लागि मात्र नभई सपिङ मलमा किनमेल पनि सहजै गर्न सकिने छ । जसले ग्राहकवर्गहरुलाई सजिलै सेवा सुविधा लिन सक्ने वातावरण सृजना गर्नुका साथै यसबाट मध्यम वर्गका ग्राहकहरुले स्तरीय सेवा र सुविधाहरु उपयोग गर्न सक्नेछन् । यसबाट व्यवसायीहरुको विक्री वितरण बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहनगर्न मद्दत पुग्नेछ ।

मेरो डिस्काउन्टस्सँग जोडिएको खण्डमा विक्रेताहरु र ग्राहकले आफ्नो इच्छा अनुसारको सेवा र अफरहरु पाउने कम्पनीले जनाएको छ।

कम्पनीले व्यवसायीहरुलाई परामर्शमार्फत उनीहरुको व्यवसायलाई अगाडि बढाउन मद्दत गर्ने पेशागत बजारमा आधारित डिजिटल र सृजनात्मक विक्री वितरणको रणनीतिहरु प्रदान गर्ने, विक्री वितरणकोचुनौतीहरु समाधान गर्न पेशागत रणनीतिहरु अपनाउने लक्ष लिएको छ।

व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अभिवृद्धि गर्न मेरो ‘मेरो डिस्काउन्टस्’ सेवा सञ्चालन गरेको पनि कम्पनीले जनाएको छ।