रसुवामा निःशुल्क राहदानी फारम भर्ने व्यवस्था

14
Shares

रसुवा । रसुवामा निःशुल्क राहदानी फारम भर्ने व्यवस्था गरिएको छ । आज (बिहीबार)देखि जिल्ला प्रशासन कार्यालयमा अनलाइनमार्फत निःशुल्क फारम भर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

रितपूर्वक कार्यालयमा पेश गरिएका राहदानी फारमको कार्यसम्पादन आजैका दिनदेखि शुरु गरिने प्रजिअ अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार, ‘निःशुल्क रूपमा फारम भर्ने व्यवस्था गरिएसँगै सेवाग्राहीलाई थप राहत भएको छ ।’

यहाँ दैनिक १० देखि १२ जना सेवाग्राहीले राहदानी प्राप्तिका लागि अनलाइनमार्फत आवेदन फारम भर्ने गरेका छन् ।