अवैध रुपमा काठ ओसार पसार गर्ने प्रतिवादी पक्राउ

0
Shares

बर्दिया । बर्दियामा अवैध रुपमा काठ ओसार पसार गरी फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । आज (बुधबार) ती प्रतिवादी जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय बानियाभारले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया नगरपालिका-९ बस्ने सुरेश राज चौधरी रहेको प्रहरीले जनाएको छ ।

बर्दिया जिल्ला अदालत गुलरियाको जेठ ११ गतेको फैसला आदेशले अवैध रुपमा काठ ओसार पसार गरी चिरान गरेको २ वटा छुट्टाछुट्टै मुद्दामा रू. एक लाख १९ हजार तीन सय पाँच र रू. एक लाख ७५ हजार आठसय बत्तीस गरी जम्मा रू. दुई लाख ९५ हजार एक सय ३७ जरिवाना सजाय तोकिएको फरार प्रतिवादी चौधरीलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरी टोलीले आज घर नजिकै जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा बुझाईएको छ ।