ज्यान मार्ने उद्योग कसूरमा संलग्न तीन जना पक्राउ

0
Shares

पर्सा । ज्यान मार्ने उद्योग कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (मंगलबार) प्रहरीले ती अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जिराभवानी गाउँपालिका–१ महादेवपट्टी बस्ने ४५ वर्षीय हिरालाल मुखिया विन, २१ वर्षीय विनोद मुखिया विन र १९ वर्षीय ललन मुखिया विन रहेका छन् ।

जिराभवानी गाउँपालिका–१ महादेवपट्टी बस्ने ३२ वर्षीय कैलाश दास तत्वाले बाटो अवरोध गरेको भन्ने विषयलाई लिएर उनकै भाई प्रभु प्रमेश्वर दास तत्वा समेतलाई उनीहरूकै छिमेकीहरूले घरेलु हतियार तथा लाठी भाटाले निर्घात कुटपिट गरी गम्भीर घाईते बनाई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।