अब चाँगुनारायण नगरपालिकाबाट टेलिहेल्थ सेवा

0
Shares

काठमाडौं । अब चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा लिन सकिने भएको छ । उसले आफ्ना प्रयोगकर्ताहरूको सहजताको लागि टेलिहेल्थ सेवा उक्त नगरपालिकाबाट लिन सकिने बताएको छ ।

उसले भनेको छ, ‘हाम्रो पात्रोले आफ्नो प्रयोगकर्ताहरूको लागि “टेलीहेल्थको सेवा सञ्चालनमा लिएर आएको १ वर्ष पूरा भइसकेको छ । आफ्नो स्थापनाको १ वर्षभित्र तीन हजारभन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञता दुई सयभन्दा बढी डाक्टरहरूलाई जोड्न सफल भइसकेको छ । डाक्टर खोज्न, डाक्टरसँग अपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न समेत मिल्छ ।’