युरोसहित नेपाली नागरिकहरू पक्राउ

0
Shares

काठमाडौं । काठमाडौंबाट दुबई हुँदै क्रोसिया जान लागेका नेपाली यात्रुहरु युरोसहित पक्राउ परेका छन् । उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियमा स्क्यानिङ गर्ने क्रममा उनीहरुको राहदानी चेकजाँच गर्दा युरो रकमको दरपिट गरेको नदेखिएकोले निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई पदम बहादुर विश्वकर्माले पठाएको भनी खुलाए पश्चात् विश्वकर्मालाई उक्त विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेटको बाहिर पट्टीबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा नेपाली रुपियाँ एक हजार दरको थान १२० ले जम्मा नेपाली रुपियाँ एक लाख २० हजार फेला परेकोले आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

हेर्नुहोस् विवरण :