नेपाललाई माया गर्ने मिलर ‘मामा’लाई अन्तिम बिदाइ

0
Shares

ललितपुर । नेपाललाई विश्वमा परिचित गराउने फादर कास्पर जे मिलर, एसजेको निधन भएको छ । साढे ६ दशकदेखि नेपाललाई कर्मभूमि बनाएका मिलरको ९० वर्षको उमेरमा आइतबार निधन भयो ।

सन् १९७७ मा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर पूरा गर्ने मिलरले त्यसको एक दशकपछि सन् १९८७ समाजशास्त्रको पीएचडी पूरा गर्नुभएको थियो । उहाँ सामाजशास्त्र विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुनुहन्छ । उहाँले समाजसास्त्रअन्तर्गत ‘एमोङ फार्मिङ फेमेली इन पाल्पा’ विषयमा विद्यावारिधि गर्नुभएको थियो ।

मानवशास्त्र विषयका सहप्राध्यापक डा. गोकर्ण ज्ञवालीले विसं २०४४ सालमा मिलरले समाजशास्त्रमा विद्यावारिधि गरेको पुष्टि गर्नुभयो । ज्ञवालीले भन्नुभयो– त्यसबेला समाजशास्त्र मानवशास्त्र एउटै विषय थियो, उहाँले विद्यावारिधि गर्दा समाजशास्त्रमा गर्नुभएको हो । तर, सुपेरियर फादर अमृत राईले उहाँले समाजशास्त्र/मानवशास्त्रमा विद्यावारिधि गरेको दाबी गर्नुभयो ।

मानवशास्त्र विषयमा पहिलो विद्यावारिधि गर्ने हरिवर्धन प्रधान भएको सहप्राध्यापक डा.ज्ञवालीको भनाइ छ । प्रधानले मानवशास्त्रअन्तर्गत ‘ट्रेडिसनल बेबी केयर प्राक्टिस द ग्रोथ एन्ड डेभलपिङ अफ द चिल्ड्रेन’ मा विद्यावारिधि गर्नुभएको थियो ।

नेपालमा रहँदा अधिकांश समय मानिसको चालचलन, सहनसहन, संस्कृतिको अध्ययन गर्ने, कहिले पहाड त कहिले हिमाल र गाउँवेशी पुग्न व्यस्त फादर मिलरले करिब पाँच वर्ष धादिङको टिप्लिङमा बिताउनुभयो । टिप्लिङ बसाईको क्रममा उहाँले तामाङ भाषाको बृहत् ज्ञान लिनुभएको थियो ।

त्यसैले उहाँलाई टिप्लिङका तामाङले ‘मेमे’ अर्थात मामा भनेर बोलाउने गरेका थिए–नेपाल जेसुईट सोसाइटीका सुपेरियर फादर अमृत राईले नेपाल समाचारपत्रसँग भन्नुभयो । त्यतिमात्र होइन उहाँको मिलर नाम कण्ठ गर्न बिर्सेका टिप्लिङका तामाङले ‘मिलन मेमे’ भनेर बोलाउने गरेका थिए–सुपेरियर फादर राईले भन्नुभयो । उहाँ नेपाली र तामाङ भाषा खरर बोल्नुहुन्थ्यो ।

जन्मभूमि अमेरिका छाडेर ६५ वर्षदेखि नेपाल बस्दै आएका फादर मिलरलाई नेपाल चिनाउन योगदान गरेको भन्दै अमेरिकामा समेत सम्मान हुने गरेको थियो । त्यतिखेर समाजशास्त्रमा पीएचडी गर्ने उहाँ पहिलो विदेशी हुनुहुन्थ्यो, पछि उहाँलाई अमेरिकावासी भन्दा पनि नेपाली भन्न मनपर्ने गरेको थियो– सुपेरियर फादर राईले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

यसअघि विभिन्न सञ्चारमध्यमले उहाँसँग कुरागर्ने पहल गरे, तर सकेनन उहाँले कहिल्यै प्रचार गर्न रुचाउनुभएन केवल नेपालको नाम विश्वमा चिनाउन चाहनुहुन्थ्यो । त्यसैले नेपाल सरकारले उहाँलाई सन् १९७१ नोभेम्बर २२ अर्थात २०२८ साल मंसिर ६ गते नेपाली नागरिकता उपलब्ध गराएको थियो ।

प्रायःजसो ढाका टोपी लगाउने र सामान्य साइकल चढेर उपत्यका घुम्ने बानी रहेका फादर मुलर सन् १९५८ देखि १९६१ सम्म गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलमा समाजसेवा गर्न थाल्नुभयो । त्यसबेला उहाँले आफ्नो पढाईसँगै विद्यालयमा अध्यापन गराउनुहुन्थ्यो । सन् १०६७ देखि १९६९ सम्म सेन्ट जेभियर्स स्कुल जावलाखेल, १९६९ देखि १९७५ सम्म सेन्ट जेभियर्स स्कुल गोदावरीको प्रिन्सिपलको भूमिकामा रहनुभएको थियो ।

उहाँले सन् १९९८ देखि २००४ सम्म सेन्ट जेभियर्स स्कुल जावलाखेल सुपेरियर र सन् २००४ देखि २००६ सम्म गोदावरीको सुपेरियरको भूमिकामा रहनुभएको थियो । त्यस्तै, सन् २००६ देखि सन् २००९ सम्म जावलाखेलको सेन्ट जेभियर्सको सुपेरियर र शिक्षक हुनुभएको थियो । उहाँले सन् २०१८ देखि सन् २०२१ सम्म सेन्ट जेभियर्स कलेजको स्टुडेन्ट काउन्सिलर रहनुभएको थियो ।

उहाँले नेपालमा रहँदा तीनवट अनुसन्धानमूलक पुस्तक प्रकाशन गर्नुभएको छ । उहाँको ‘डिसिजन मेकिङ इन भिलेज नेपाल’, ‘फेथ हिलर्स इन हिमालयज’ र टु योरसेल्फ बी ट्रयु पुस्तक रहेका छन् । ती पुस्तक नेपालका चर्चामा चलेका मध्येको रहेको छ ।

सोसाइटीका सुपेरियर फादर राईले टिप्लिङक जनताले उहालाई मिलर भन्न छाडेर मिलन भनेको त साच्चिकै मिलनसार फादरको रूपमा परिचय छाडेर संसारबाट बिदा हुनुभएको बताउनुभयो । उहाको उहाँको पार्थिव शरिरलाई हिजो सोमबार बिहान एजम्सन चर्चमा श्रद्धाञ्जलीको लागि राखिएको थियो । फादर मिलरलाई सोमबार दिउँसो टेकु दोभानस्थित आर्यघाटमा दाहसंस्कार गरियो ।