नेपाल पाइलटका लागि चुनौतीपूर्ण तीन दशकमा २८ विमान दुर्घटना

0
Shares

काठमाडौं । 

पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२–५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरण, २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान चालकका लागि ठूलो चुनौतीका विषय हुन् । यस अतिरिक्त मौसम, व्यवस्थापन, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण बन्ने गरेका छन् ।दुर्घटनाग्रस्त विमानको पहिलो मोडेल सन् १९८१ मा बनेको थियो ।

यसपछि १ सयभन्दा बढी देशहरुमा करिब २ सय एयरलाइन्समा यस विमानलाई सामेल गराइयो । यस मोडलको एयरक्राफ्टलाई फ्रेन्च कम्पनी एयरबस र इटालियन एभिएसन कम्पनी लियोनार्दोले मिलेर बनाएका हुन् । यस कम्पनीले कार्गो र कर्पोरेट एयरक्राफ्ट विमान पनि बनाउँछ ।

प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरुलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ ।

नेपालको पूर्वोत्तरस्थित लुक्ला शहरको विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलमध्ये एक मानिन्छ । यस विमानस्थललाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । विमानस्थलको रनवे पहाडहरुबीचको एक चट्टानलाई काटेर बनाइएको हो ।

लुक्ला हवाई अड्डाको रनवेको एक छेउमा विशालकाय पहाड र अर्कोतिर खोँच रहेको छ । यस्तोमा केवल अल्ट्रा ट्रेन्ड पाइलटहरुले मात्रै विमान अवतरण गर्न सक्छन् र उनीहरुलाई मात्रै विमान चलाउन अनुमति दिइएको हुन्छ । यहाँ एक सानो गल्तीले पनि यसमा सवार यात्रीहरुको ज्यान जान सक्छ ।

विमान दुर्घटना हुनेमा मौसमको परिवर्तन पनि कारक हुन्छ । छिनछिनमा परिवर्तित मौसमको कारण पाइलटहरुलाई विमान उडाउन मुस्किल बनाइदिन्छ । सफा मौसममा अचानक बदली भइदिने गर्दा पनि पाइलटहरु कुनै पनि बेला भिजिबिलिटी समस्यामा पर्न सक्छन् । कतिपय रनवे हिमपातका कारण चिप्लो हुने गर्दछन् ।

हवाई दुर्घटनाको सूची

एप्रिल २०१९– सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
फेब्रुअरी २०१९– एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
सेप्टेम्बर २०१८– गोरखाबाट काठमाडौं आउँदै गरेको एल्टिट्युड एयरको हेलिकोप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
मार्च २०१८– बंगलादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
फेब्रुअरी २०१६– पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
मे २०१५– भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकोप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
जुन २०१५– सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्च २०१५– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किस एयरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४– पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
सेप्टेम्बर २०१२– काठमाडौंबाट लुक्ला उडेको सीता एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
मे २०१२– भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
सेप्टेम्बर २०११– हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान काठमाडौंनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
डिसेम्बर २०१०– लामीडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
अगस्ट २०१०– काठमाडौंबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
अक्टोबर २००८– लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
सेप्टेम्बर २००६– संखुवासभाको घुन्सामा श्री एयरको हेलिकोप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ