पोखरा विमान दुर्घटना : ३६ जनाको मृत्यु



पोखरा । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परी हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्