पोखरा विमान दुर्घटनामा परी ज्यान गुमाएका ३ जना बालकको सनाखत

56
Shares

पोखरा । पोखरा विमानस्थल नजिकै भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर तीन जना वालबालिकाको निधन भएको छ ।

मृत्यु हुनेमा प्रसिद्धी पौडेल, कृष परियार, आयोरुद्धी शर्मा रहेका छन । ती वालवालिका कहांका हुन भन्ने ठेगाना खुलेको छैन ।

चालक दलका ४ र यात्रु ६८ लिएर उक्त विमान काठमाडौबाट पोखराकोलागि उडेको थियो । विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यती एयरलाईन्सले जनाएको छ ।

विमानले विमानस्थलको टावरसंग आफु धावनमार्ग तर्फ अगाडि बढेको जानकारी गराउनासाथ आकाशमा नै विमानमा आगो लागेको थियो ।