काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । तराईका थोरै भू-भागहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ ।