हरियो पुच्छ्रेतारा ध्रुवतारासँगै देखिने

0
Shares

काठमाडौं । हरियो रङ्गको पुच्छ्रेतारा ५० हजार वर्षपछि सौर्यमण्डल परिभ्रमण गरेर पुनः पृथ्वीको नजिक आएको छ । आज शुक्रबारबाट यस पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएका छन् ।

सी २०२२ ईथ्री (जेडटीई) नामकरण गरिएको यस पुच्छे«ताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पौषमा सूर्यको सबैभन्दा नजिक आउने र सो क्रममा एक हप्तासम्म अवलोकन गर्न सकिने जनाइएको छ ।

नेपालबाट पनि यस दुर्लभ हरित पुच्छे«तारालाई ध्रुवताराको समीपमा माघ महिनाको दोस्रो सातासम्म सा“झ ७ बजेपछि अवलोकन गर्न सकिने समितिले जनाएको छ । ‘हाम्रा पुर्खा नेन्दरथल तथा होमो सेपियन्सले उक्त पुच्छे«ताराको अवलोकन गरेका होलान् र कालान्तरमा उक्त पुच्छ«ेतारा कालचक्रमा प्रवाहित हुँदै सौर्यमण्डलको वृहत्तर दूरीलाई छिचोल्दै पुनः हामीसामु प्रकट भएको छ । उक्त पुच्छ«ेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने फेब्रुअरीपछि दक्षिणी गोलाद्र्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन्’ –समितिले भनेको छ ।

उक्त पुच्छे«तारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिनेछ । हरियो रङ्गको देखिनुमा डाइकार्बन अणुहरूको समुपस्थितिले गर्दा भएको हो । खाली आँखाले अवलोकन गर्न नसकिए तापनि बाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिनेछ । तर, फेब्रुअरी २ पछि खाली आँखाले पनि अवलोकन गर्न सकिनेछ ।

कुनै समयमा आकाशमा पुच्छे«तारा देखेपछि कुनै सङ्कटको संकेत भनेर मानिने पुच्छे«ताराहरू वैज्ञानिक जगत्का लागि अहिले अनुसन्धानको विषय भएका छन् । वैदिक युग तथा महाभारत युगभन्दा पनि धेरै पूर्व पृथ्वीको सामीप्यमा आइसकेको उक्त पुच्छ«ेतारालाई बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले पनि अध्ययनको विषय बनाउने जनाएका छन् ।