५० हजार वर्ष पूर्व दृष्टिगत आकाशीय पर्यटक पुच्छ्रेताराको आगमन, पृथ्वीबाटै अवलोकन गर्न सकिने

0
Shares

काठमाडौं । आजभन्दा ५० हजार वर्ष पूर्व दृष्टिगत आकाशीय पर्यटक पुच्छ्रेताराको आगमन हुने भएको छ ।

हिम युगमा नेन्दरथल तथा हाम्रा पूर्वज “होमो सेपियन्स” पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा समुपस्थित भएर पृथ्वीबाट दृष्टिगत भएको हरित रङ्गको पुच्छ्रेतार ५० हजार वर्षपछि सौयमण्डलमा परिभ्रमण गरेर पुनः पृथ्वीबाट अवलोकन गर्न सकिने भएको छ ।

भोलि (शुक्रबार)बाट यस पुच्छ्रेतारालाई अवलोकन गर्न सकिने भएको छ । C/2022 E3 (ZTE) नामकरण गरिएको छ । यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पौषमा सूर्यको सबैभन्दा नजिक आउने भएकोले त्यस पश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिनेछ ।

नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवतारा (Polaris) को सामिप्यमा पौष अन्तिम सातादेखि माघ महिनाको दोश्रो सातासम्म सा“झ ७ः०० बजे पश्चात् अवलोकन गर्न सकिनेछ । हाम्रा पूर्खा नेन्दरथल (Neanderthal) तथा होमो सेपियन्स (Homo sapiens) ले सायद उक्त पुच्छ्रेतारालाई विगतमा अवलोकन गरेका होलान् ।

कालान्तरमा उक्त पुच्छ्रेतारा काल चक्रमा प्रवाहित हुदै सौयमण्डलको वृहत्तर विशाल दुरिलाई छिछोल्दै पुनः हामीसामु प्रकट भएको छ । C/2022 E3 (ZTE) पुच्छ्रेतारा 2 February 2023 मा पृथ्वीको सामिप्यमा ४२ करोड किलोमिटरको दूरिमा आई पुग्नेछ । हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् February पश्चात् दक्षिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।

उक्त पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिने छ । हरियो रङ्गको देखिनुमा डाइकार्वन अणुहरुको समुपस्थितिले गर्दा भएको हो । खाली आखा“ले अवलोकन गर्न नसकियता पनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिनेछ । तर 2 February 2023 पश्चात् खाली आखा“ले केहि समयका लागि यसलाई अवलोकन गर्न सकिनेछ । कुनै समयमा आकाशमा पुच्छ्रेतारा देखेपछि कुनै सङ्कटको संकेत भनेर मानिने पुच्छ्रेताराहरु वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ । वैदिक युग तथा महाभारत युग भन्दा पनि धेरै पूर्व पृथ्वीको सामिप्यमा आईसकेको उक्त पुच्छ्रेतारालाई वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले पनि निरन्तर रुपमा अध्ययन–अवलोकन गर्ने छ ।