जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

0
Shares

बुटवल । रुपन्देहीमा जवर्जस्ती करणी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय एक बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

सुस्त मनस्थिति भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जबर्जस्ती करणी गर्न खोज्ने रुपन्देहीको कञ्चनबाट र १५ वर्षीया बालिकालाई अभिभावक नभएको मौकापारी जवर्जस्ती करणी गर्न खोज्ने अर्का एक व्यक्ति सैनामैनाबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यहीँ पुष २१ गते साँझको समयमा शारीरिक रुपमा अपांगता सुस्त मनस्थिति भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जबर्जस्ती शौचालयमा लगी जिल्लाको कञ्चन गाउँपालिका ३ का ३० वर्षीया राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिई जवरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाको ६ कि १५ वर्षीया बालिकालाई अभिभावक नभएको मौकापारी साँझको समयमा आगो ताप्ने बहानामा घरमाआई जवर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने, चलाउने तथा जवर्जस्ती करणी गर्न खोज्ने २५ वर्षीया मधु सोमरेलाई पक्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी आफूलाई जवर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएको थियो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय सालझन्डीमा राखि जबर्जस्ती करणी उद्योग कसुर अन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्लाप्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनु भयो ।