सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च

0
Shares

डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को  तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ ।

विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक नोभेम्बरको संशोधित १३५ अंकको तुलनामा गत महिना औसत १३२ दशमलब ४ अंक थियो ।

नोभेम्बरको आंकडा पहिले १३५ दशमलब ७ अंकको रूपमा दिइएको थियो । डिसेम्बरमा सूचकाङ्कमा आएको गिरावट खाने तेलको अन्तर्राष्ट्रिय मूल्य, अनाज र मासुको मूल्यमा केही गिरावटसँगै उत्प्रेरित भएको तर चिनी र दुग्ध उत्पादनमा केही वृद्धिले न्युन भएको भएको एफएओले  भनेको छ ।

सन् २०२२ मा खाद्यान्न आयात लागतले विकासन्मुख देशहरूलाई ढुवानी मात्रामा कटौती गर्ने एफएओले गत वर्ष भनेको थियो ।