मौसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु-कुहिरो लाग्ने, हवाई यातायातमा प्रभाव पर्ने सम्भावना

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु कुहिरो शितलहर लागिरहेको छ ।

दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।

तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।