स्रोत नखुलेको ९० हजारभन्दा बढी भारतीय नोटसहित एक जना पक्राउ

0
Shares

बर्दिया । बर्दियामा स्रोत नखुलेको ९० हजार पाँच सयभन्दा बढी भारतीय नोतसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) साँझ जिल्लाको गुलरीया नगरपालिका–८ भादाबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय नोट र २ हजार ७ सय ८० नेपाली रुपियाँसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली बस्ने ४५ वर्षीय जाफर अली रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटेको प्रहरीले डिएल १० एस डब्लु ९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाइएको छ ।