प्रगतिशिल पेशागत तथा लोकतान्त्रिक, समाजवादी र समावेशी समूहको चुनावी सभा गर्दै

0
Shares

काठमाडौं । प्रगतिशिल पेशागत तथा लोकतान्त्रिक समाजवादी र समावेशी समूहको चुनावी सभा हुने भएको छ । आज (बिहीबार) काठमाडौं नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वैट, थापागाउँमा चुनावी सभाको आयोजना गरिएको हो ।

सर्वोच्च अदालत बार एशोसिएशनको यहीँ पुष २३ गते हुने निर्वाचनको विषयमा प्रगतिशिल पेशागत तथा लोकतान्त्रिक, समाजवादी र समावेशी समूहको चुनावी सभा हुने अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

बानेश्वर बैंक्वैट, थापागाउँमा आयोजना गरिएकोले उक्त चुनावी सभामा उपस्थितिका लागि सबैलाई आमन्त्रण गरिएको छ ।