बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

0
Shares

मोरङ । मोरङको बेलबारीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (सोमबार) साँझ जिल्लाको बेलबारी नगरपालिका–३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो ।

अस्ति (आइतबार) राति बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।