आगलागीमा परी एक जना बृद्धाको मृत्यु

0
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा आगलानी हुँदा एक जनाको मृत्यु भएको छ । हिजो (सोमबार) आगलानीमा परी एक जनाको मृत्यु भएको हो ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–१२ सुकुम्बासी बस्ती बस्ने ६६ वर्षीया बृद्धा सीता थारुको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर सोमबार दिउँसो मृत्यु भएको छ ।

त्यस्तै उदयपुर, रौतामाई गाउँपालिका–७ मुर्कुची बस्ने सत्रुधन थापाको गोठमा सोमबार दिउँसो आगलागी भएको छ । गोठमा आगलानी हुँदा आगो फैलिएर सोही ठाउँ बस्ने भरत थापाको घरमा पनि आगलागी भएको छ ।

गोठ पूर्णरूप जलेर नष्ट हुनुका साथै भरत थापाको घर, अन्नपात, भाडावर्तन, भण्डार गरी राखेको धसिंगारेको जडिबुटी तेल अन्दाजी ६ सय ६६ लिटर जलेर दुवै जनाको गरी करिब ८२ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका–५ बस्ने मंजुर रजकको गोठ घरमा सोमबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।