आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका समाचामा सत्यता नभएको नेपालको दाबी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारहरुमा कुनै सत्यता नरहेको दावी गर्नुभएको छ ।

बिहीबार अपरान्ह पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर अनावश्यक चलेका हल्ला र आएका समाचारमा कुनै सत्यता नभएको बताउनुभयो ।

यद्यपि उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको समेत बताए । ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला बजार खपतका लागि चलाइयका छन् सचेत रहन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष नेपालले असत्य बजार हल्लामा कुनै सत्यता छैन’,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ, उनले भने, ‘यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा हुनु स्वभाविक भएको छ । तर बजार हल्लाको पछि नलाग्न बताउनुभयो ्र’ अव पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन’, उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने पनि बताए ।

एमालेसँगको विद्रोहदेखि आम निर्वाचनसम्मका राजनीतिक घटनाक्रमको विश्लेषण सुनाउदै अध्यक्ष नेपालले पछिल्लो पटक फेरिएको राजनीतिक समीकरण र कंग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताए । यसबीचमा भएका घटनाक्रमका साथै अहिले मन्त्रिमण्डल विस्तार र शक्ति बाँडफाँटबारे भएका छलफलमा पार्टी सहभागी नभएको नेता नेपालले बताए । ‘

मन्त्रिमण्डल विस्तार र मन्त्रालय बाँडफाँटबारे हामीलाई कुनै जानकारी छैन’, नेता नेपालको भनाइ छ । उनले यसबीचमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफ्नो भेट नभएको भन्दै अन्य एमाले नेता कार्यकर्तासँग भने भेटवार्ता र संवाद भइरहेको बताए ।

उनले वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताए । ‘हामी नयाँ शिराबाट जान तयार छौ’, अध्यक्ष नेपालको भनाइ छ । फरक प्रशंगमा अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरामा पनि सत्यता नरहेको बताए ।

‘केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भनेर पनि कुरा आएको छ । कुरा त्यसो होइन, हल्काको पछि नलाग्न जनबर्गिय संगठनलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्