त्रिविमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न कोभिड रेस्पोन्स समितिको अनुरोध



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वास्थ्य मापदण्ड पालना गर्न कोभिड–१९ रेस्पोन्स समितिले अनुरोध गरेको छ । आज (बिहीबार) उक्त समितिले एक विज्ञप्ति जारी गर्दै त्रिवि मातहतका सबै निकायमा तोकिएको स्वास्थ्य मादण्ड पालना गर्न अनुरोध गरेको हो ।

छिमेकी राष्ट्र लगायतका अन्य केही देशहरूमा उक्त रोगको संक्रमणको नयाँ भेरियन्ट बीएफ–७ देखा परेकोले सतर्क रहन समेत आग्रह गरिएको छ । तथापि यो भेरियन्ट नेपालमा देखा नपरे पनि भारतीय खुल्ला सीमाका कारण संक्रमण फैलिन सक्ने भन्दै उक्त समितिले यस्तो अनुरोध गरेको हो ।

यो रोगको रोकथाम र नियन्त्रणका लागि सचेत हुनुपर्ने भएकोले सार्वजनिक रूपमा भिडभाड हुने विश्वविद्यालयका विभिन्न निकायहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाई लगायत अन्य आवश्यक स्वास्थ्य प्रोटोकल पालन गर्ने व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिएको कोभिड रेस्पोन्स समितिका सचिव योगेन्द्रप्रसाद दाहालले बताए ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्