हत्या गरी रुखमा झुण्ड्याइयो

0
Shares

हेटौंडा । १२ वर्षीय एक बालकको हत्या गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा–१६ बस्ने मेघबहादुर थिङका छोरा मुस्कान भनिने सुजन थिङको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा–१६, बाबियोडा“डा बस्ने वर्ष ३८ का आइतसिंह भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

पुस ९ गते दिउ“सो करिब ३ बजेदेखि थिङ घरबाट हराइ खोजतलास गर्दा फेला परेका थिएनन् । १० गते विहान करिब ७ बजे बाबियोडा“डास्थित थिङ घरबाट करिब ३ सय मिटर पश्चिममा रहेको जरुङ्गे सामुदायिक बनमा दुवै हात शरीरको पछाडि कपडाको सलले बा“धेर क्यामुनाको रुखमा खादाले घा“टीमा पासो लगाइ झुण्डिएको खबर प्रहरीलाई प्राप्त भएको थियो ।

प्रहरी चौकी हटियाबाट प्रसनि पंकज झाको कमाण्डमा प्रहरी टोली उक्त स्थानमा गइ घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रनाउ कार्कीको कमाण्डमा तालिमप्राप्त कुकुरसहित टोली घटनास्थलमा गइ प्रारम्भिक अनुसन्धान गरेको थियो ।

प्रारम्भिक अनुसन्धानपश्चात उक्त घटनामा संलग्न हुनसक्ने संकित ७ जनालाई थप अनुसन्धान सुरु गरिएको थियो । ११ गते प्रउ बामदेव गौतमको कमाण्डमा प्रनाउ कार्की, प्रनि चुडाकुमारी खड्कालगायत प्रहरी टोलीले घटनास्थलमा स्थानीयस“ग घटनाका सम्बन्धमा सोधपुछ तथा थप अनुसन्धान गरेको थियो ।

मंगलबार थप अनुसन्धानका क्रममा बाबियोडा“डाका भोम्जनमाथि शंका लागेर उनलाई घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएकोमा भोम्जनलाई घटनाबारे सोधपुछ गर्ने क्रममा थिङलाई आफूले हत्या गरी जरुङ्गस्थित बन समितिको भवननजिक रुखमा झुण्ड्याएको स्वीकार गरेको प्रहरीको भनाइ छ । बुधबार भोम्जनलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको छ ।