प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा पनि जाने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा जाने निर्णय गरेको छ । आज (बुधबार) बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकारमा जाने निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरे पनि राप्रपा अनिर्णित हुँदै आएको थियो ।

तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने भएको राप्रपा एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्