कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा पाण्डे



कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै उनी दलको नेता चयन भएका हुन् ।

सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट भोजराज अर्याललाई पाण्डेले पराजित गरेका छन् । पाण्डेले १८ मत प्राप्त गर्दा अर्यालले ८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको छ ।

पाण्डे यसअघि राष्ट्रियसभामा पनि दलको नेता थिए । पाण्डे कांग्रेसको संस्थापन पक्षका नेता हुन् भने अर्याल संस्थापनइतर डा.शेखर कोइराला पक्षका नेता हुन् ।

२७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्