एनसीसीद्वारा प्रभातफेरी

0
Shares

काठमाडौं । एनसीसी नेपालको पांचौ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । आज (शनिबार) राष्ट्रिय सेवा दलद्वारा काठमाण्डौंको भोटाहिटी, रत्नपार्क, भद्रकाली, माईतिघर मण्डला हुँदै जंगीअड्डासम्म उक्त कार्यक्रम गरिएको हो ।

प्रभातफेरी कार्यक्रममा राष्ट्रिय सेवा दलका रथीवृन्द तथा अधिकृतलगायतका अन्य पदाधिकारी पूर्व तथा तालिमरत क्याडेटहरु र सैनिक व्याण्डको सहभागिता रहेको थियो ।

राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्की (अवकाश प्राप्त)द्वारा जंगी अड्डादस्थित सभामण्डप हलमा आयोजित एक कार्यक्रमका बीच प्रभातफेरी कार्यक्रममा सहभागी टोलीलाई सम्बोधन गरेका थिए ।

पाँचौ बार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लाहरुमा रहेका जिल्ला समितिहरुद्वारा नेपाली सेनाको स्थानीय युनिटहरुसँगको सहकार्यमा प्रभातफेरी कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरुसमेत आयोजना गरिएको थियो ।