काठमाडौं उपत्यका र तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

0
Shares

काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) र तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै दिउँसो भने पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जानकारी दिएको छ ।

राती पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।