पशुपति शमशेर राणाको अध्यक्षतामा भोलि सर्वदलीय बैठक बस्ने

0
Shares

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ । आज (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को ज्येष्ठ सदस्यको रूपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

भोलि (बिहीबार) दिउँसो १ बजे राणाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । तर, यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एकएक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद् सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।