लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध चयन भएका छन् । आज (बुधबार) संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका थिए । लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चारजना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्