मधेश प्रदेशका नवनिर्वाचित सांसदलाई ल्यापटप वितरण गरिने



काठमाडौं ।

मधेश प्रदेश सभाका नवनिर्वाचित सांसदलाई ल्यापटप वितरण गरिने भएको छ । प्रदेश सभा सदस्यलाई शपथ ग्रहणसँगै प्रदेश सभाको लोगो र संविधान प्रदान गरिने भएको छ।शपथ ग्रहणको एक महिनापछि प्रदेश सभा सदस्यले नयाँ ल्यापटप पाउने भएका छन्। सांसदका लागि ल्यापटप खरीद प्रक्रिया थालिएको छ। प्रदेशको बैठकले प्रदेश सभा सञ्चालन नियमावली संशोधन गर्ने सम्भावना भएकाले त्यसपछि मात्रै वितरण गरिने सचिवालयले जनाएको छ।

यसका लागि प्रदेश सभा सचिवालयले टेन्डर आह्वान गरेको छ। “ल्यापटप वितरणको लागि टेन्डरको सूचना निकालिएको छ। एक महिनापछि सबै प्रक्रिया पूरा भएपछि नयाँ सांसदलाई ल्यापटप वितरण गर्ने प्रदेश सभाका सचिव रञ्जित यादव बताएको छन् ।मधेश प्रदेश सभामा १०७ सदस्यीय छ। सबै सांसदका लागि १०७ वटा ल्यापटप खरीद गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्