माओवादी केन्द्रको संसदीय दलको निर्वाचन भोलि



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको निर्वाचन भोलि (बिहीबार) हुने भएको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भोलि हुने जानकारी दिए ।

माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दलको नेतामा हालसम्म अन्य कुनै पनि नेताले दाबी गरेका छैनन् ।

प्रत्यक्षबाट १८ र समानुपातिकमा १४ गरी कूल ३२ सांसद रहेको माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड संसदीय दलको नेता बन्नेमा लगभग निश्चितजस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्