शेखर-गगन पक्षका सांसदको मत देउवालाई



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा शेखर–गगन पक्षका सांसदले नै देउवालाई मत दिएका छन् । आज (बुधबार) बिहान भएको उक्त दलको निर्वाचनमा शेखर–गगन पक्षका सांसदले नै देउवालाई मत दिएका हुन् ।

पार्टीको महामन्त्रीसमेत रहेका गगनकुमार थापाले आफ्नै पक्षका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।

संस्थापन समूहका ५९ र शेखर–गगन समूहका ३१ सांसद थिए । तथापि आज बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित भएका छन् भने गगनले २५ मत मात्र प्राप्त गरि पराजित भए ।

प्रतिक्रिया दिनुहोस्