कांग्रेस संसदीय दलको निर्वाचन परिणाम केहीबेरमा सार्वजनिक हुने



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन परिणाम केहीबेरमा सार्वजनिक हुने भएको छ । आज (बुधबार) बिहान उक्त निर्वाचन भएको थियो । निर्वाचन सकिएको पौने घण्टामै परिणाम सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतगणना सुरु हुने बताईएको छ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा छन् ।

प्रतिक्रिया दिनुहोस्