जबरजस्ती जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

0
Shares

रूपन्देही । रूपन्देहीमा जबरजस्ती करणी मुद्दाका फरार रहेका प्रतिवादलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अस्ति (आइतबार) उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–५ वर्गदवा बस्ने जेसी भन्ने जीवन चौधरी रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत बुटवल तुलसीपुर दाङको २०७३ भाद्र ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

२०७२ वैशाख २० गते राति चौधरीले घरमा कोही नभएको अवस्थामा पीडित महिलालाई धाकधम्की दिई जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रूपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।