भक्तपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

0
Shares

भक्तपुर । भक्तपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) ती अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका–६ घर भएका २९ वर्षीय महमद आरिफ शेख रहेको प्रहरी वृत्त ठिमीले जनाएको छ । १५ वर्षीया किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका–४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।