सहमति कार्यान्वयनको माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थी सडकमा



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थीहरु सडकमा आन्दोलित भएका छन् । आज (मंगलबार) काठमाडौंमा अनेरास्ववियू (क्रान्तिकारी)ले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै सडकमा आन्दोलित भएका हुन् ।

आज (मंगलबार) बिहान अनेरास्ववियू (क्रान्तिकारी)ले काठमाडौंमा प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार प्रदर्शनी मार्गमा प्रदर्शन गरेको विद्यार्थीले जनाएका छन् । आन्दोलनमा उत्रिएका दुई जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७७ फागुन २१ गते केपी शर्मा ओली नेतृत्वको सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो । सोही सहमति कार्यान्वयनका लागि उनीहरुले देशका विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्