विश्वकपबाट पाएको पैसा गरिबका लागि खर्च गर्दै हाकिम जियस

0
Shares

एजेन्सी ।

मोरक्कोका खेलाडी हाकिम जियसले विश्वकप खेलेबापत् आएको सम्पूर्ण रकम राष्ट्रलाई दिएका छन्। हाकिमले २ लाख ७७ हजार ५ सय ७५ डलर राष्ट्रलाई दिएका हुन् ।  गरिब जनताहरूको जीवनस्तर सुधार गर्न उनले सम्पूर्ण रकम दान गरेकाे बताएका छन्  ।

मोरक्कोबाट आफूले पैसा लागि खेल नखेलेको उनको प्रतिक्रिया छ। ‘मैले दिलैबाट राष्ट्रका लागि खेलेको हुँ। मेरो सहभागिता पैसाका लागि थिएन,’ उनले भनेका छन्।

२९ वर्षीय हाकिम इंग्ल्याण्डको चेल्सी क्लबबाट व्यावसायिक फुटबल खेल्छन्। राष्ट्रिय टोलीबाट उनले सन् २०१५ देखि फुटबल खेल्दै आएका छन्।