मिडिया आचारसंहितामा काठमाडौं विश्वविद्यालयको चासो



काठमाडौं ।

काठमाडौं विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागले सोमबार काठमाडौंमा मिडिया आचारसंहिता विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना ग¥यो ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा कार्यवाहक उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र र भाषा तथा आमसञ्चार विभागका उप प्राध्यापक डा. सुधांशु दाहालको सञ्चालन रहेको “निर्वाचनमा मिडिया आचारसंहिता” विषयक समूह छलफल कार्यक्रम प्रमुख आकर्षण रहेको सो गोष्ठीमा सबै वक्ताहरुले मिडिया आचारसंहिताको स्थिति खस्कँदो अवस्थामा रहेको विचार व्यक्त गरेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा स्कुल अफ आर्टस्का कार्यबाहक डिन सुश्री एक्कुमाया पुन, भाषा तथा आमसञ्चार विभाग प्रमुख सहप्राध्यापक निर्मलमणि अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले सम्बोधन गर्नुभएको थियो ।

निर्वाचनका बेला नेपाली मिडियाले पालना गरेको आचार संहिता र कमजोरीका विषयमा भएको समूह छलफलमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनाल, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठक, नेपाल खुला विश्वविद्यालयका मिडिया फ्याकल्टी डा. समीक्षा कोइराला, फोटो पत्रकार क्लबका अध्यक्ष श्रुति श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो ।भाषा तथा आमसञ्चार विभागले मिडियाका विभिन्न विधा समेटेर स्नातक तथा स्नातकोत्तर स्तरका कक्षाहरु सञ्चालन गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्