वासुदेव फिल्मका लेखक डा. गौतमलाई आविष्कारी आख्यानकार उपाधि


कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो
पृष्ठभूमिमा बजिरहेछ एक जमानाको सुपरहिट सामाजिक फिल्म वासुदेवको यो यथार्थ गीत।गीतको शब्द र धुनसँगै वासुदेवका वासुदेव अर्थात् ख्यातिप्राप्त अभिनेता एवं रंगकर्मी हरिहर शर्मा आपैले अभिनय गरेको सो गीतको चालमा उक्त फिल्मका लेखक तथा ख्यातिप्राप्त साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई डोेड्डयाएर मञ्चमा उकालिरहेका छन्। आफ्नो घरबाट बनेको फिल्म वासुदेवका लेखक र नायकलाई हात पैmलाएर स्वागत गरिरहेका छन् ख्यातिप्राप्त गीतकार, साहित्यकार तथा उद्योगपति वसन्त चौधरी।

यो रोमाञ्कारी तथा ऐतिहासिक दृश्य थियो वासुदेवका लेखक डा. धु्रवचन्द्र गौतमलाई आविष्कारी आख्यानकारको उपाधिबाट विभूषित गरिएको क्षणको।वसन्त चौधरी फाउन्डेसन र श्री लुनकरणदास-गंगादेवी चौधरी साहित्कला मन्दिरद्वारा आइतबार राजधानीमा आयोजित एक भव्य समारोहबीच डा. गौतमलाई आविष्कारी आख्यानकार उपाधिबाट यसरी सम्मान गरिएको हो।

डा. गौतमको अनवरत लेखनको आठौं दशकको आरम्भ तथा ८०औं जन्म दिनको अवसर पारेर कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा साहित्यिक हस्ती, कलाकर्मी, उद्योगी व्यापारीका बीच आयोजित समारोहमा आयोजक फाउन्डेसनका अध्यक्ष तथा गीतकार एवं उद्योगपति वसन्त चौधरी, कला मन्दिरकी अध्यक्ष मेघा चौधरीलगायतका विभिन्न व्यक्तित्वले डा. गौतमलाई दुबो र विभिन्न पूmलका माला पहि-याउँदै विभूषणपत्रका साथ विभूषित गरेका थिए। त्यसैगरी, कला मन्दिरको संस्थापक अध्यक्षसमेत रहेका वसन्तले डा. गौतमले पूज्दै आएका तीन देवीको मन्दिर उपहार प्रदान गरेका थिए। सो अवसरमा डा. गौतमले जन्मदिनको केक काटेका थिए।

सोही अवसरमा श्री लुनकरणदास+गंगादेवी चौधरी साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीद्वारा प्रकाशित तथा खुमनारायण पौडेल र ईशान गौतमद्वारा संयुक्तरुपमा सम्पादित ध्रवचन्द्र गौतम आविष्कारी आख्यानका दशकहरू नामक पुस्तक पनि सार्वजनिक गरिएको छ। सोही अवसरमा डा. गौतमको जन्मदिनका अवसरमा समारोहमा सहभागीहरुद्वारा हस्ताक्षर गरिएको शुभकामना पत्र उनलाई हस्तान्तरण गरिएको छ।

साहित्यकार तथा फिल्म निर्देशक राजेन्द्र शुलभद्वारा सञ्चालित कार्यक्रममा वसन्त चौधरी फाउन्डेसनका अध्यक्ष वसन्त चौधरीले डा. गौतमको दीर्घ जीवन र दीर्घ लेखनीको कामना गर्दै उनी नेपाली आख्यानको कीर्तिमानी धावक भएको चर्चा गरे। ञयति उच्च कोटीको सर्जकसँग संगत गर्न पाउनु मेरो लागि सौभाग्य ठान्छु।

त्यसबाहेक उहाँका सद्भाव र सहिष्णुपूर्ण जुन व्यवहार, चरित्र र स्वभाव छ, यसका कारण पनि उहासँगको मेरो सम्बन्ध अविच्छिन्न आजसम्म उही आस्था र निष्ठापूर्वक यथावत् छु चौधरीले भनेउहाँ एक प्रतिभाशाली लेखक त हुनुहुन्छ नै साथसाथै नेपाली र विश्व साहित्यको गहिरो अध्ययन गर्ने स्रष्टा पनि हुनुहुन्छ।

त्यसैगरी, श्री लुनकरणदास-गंगादेवी चौधरी साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले डा. गौतमका पुस्तक पढ्नुअघि उनीद्वारा लिखित फिल्म वासुदेव हेरेको स्मरण गर्दै डा. गौतमको लेखन र उनीबारे ५५ जनाले लेखेको लेखको संग्रह धुवचन्द्र गौतम आविष्कारी आख्यानका दशकहरू प्रकाशन गर्न पाउँदा गौरवबोध भएको बताइन्। कार्यक्रममा सो संग्रहका बारेमा त्यसका सम्पादक मध्येका एक खुमनारायण पौडेलले प्रकाश पारेका थिए।

समारोहमा डा. गौतमले आपूmलाई कहिल्यै समय र उमेरको परवाह नभएको र यो उमेरमा पनि लेखन कार्यलाई अघि बढाइरहेको बताए। धन्यवादज्ञापन गर्दै ख्यातिप्राप्त अभिनेता एवं रंगकर्मी हरिहर शर्माले डा. गौतमलाई जनस्तरबाटै आविष्कारी आख्यानकारको उपाधिबाट विभूषित गराई अनुमोदन गरेको बताए।

१० वर्षको उमेरमै लेखन शुरु गरेका डा. गौतमले वासुदेवलगायतका फिल्म, निमित्त नायक, अलिखित, रापजस्ता थुप्रै टेलिसिरियल लेखेका छन् भने चारवटा सहलेखनसँगै ३२ उपन्यास, पाँच संस्मरण, आठ कथा संग्रह, सात नाटक र एक कविता संग्रह गरी ५३ कृति लेखिसकेका छन्। उनी लेखक, कवि, गीतकार, कथाकार, निबन्धकार, उपन्यासकार, स्तम्भ लेखकजस्ता साहित्यका सबैजसो विधाको स्थापित नाम बनेका छन्।