प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माद्वारा दज्र्यानी चिन्ह प्रदान गरिएको छ । आज (आइतबार) प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी दीपकप्रसाद बाँस्तोलालाई शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ मंसिर २३ गतेको निर्णय अनुसार सैनिक सेवा नियमावली २०६९ को नियम ४३ को उपनियम (१) बमोजिम अवकाश हुनुपूर्व एक महिना अगाडि प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी बास्तोलालाई प्रधान सेनापति महारथी शर्माले जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोही अवसरमा, प्रधान सेनापति शर्माले महासेनानी दर्जामा पदोन्नती भएका दुई जना प्रमुख सेनानीहरुलाई महासेनानीको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्