गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

0
Shares

बाँके । बाँकेमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो (शनिबार) साँझ उनको मृत्यु भएको हो ।

जिल्लाको कोहलपुर नगरपालिका–११ कौशिल्या अस्पतालस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया उषा गुरुङको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कौशिल्या अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार गाडी र चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।