एक थान भरुबा बन्दुक र खुकुरीसहित दुई जना पक्राउ

0
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा एक थान भरुवा बन्दुक र खुकुरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राई रहेको प्रहरी चौकी नुनथलाले जनाएको छ ।

उनीहरुको साथबाट एक थान भरुवा र खुकुरीसमेत बन्दुक बरामद गरिएको छ । त्यस्तै सोलुदुधकुण्ड नगरपालिका–१ छिर्दी खोलास्थित निर्माणाधिन पुलका कामदारहरुलाई उनीहरूले धाकधम्की दिई कामदारहरूको मोबाईलसमेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।