अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

0
Shares

दाङ । दाङमा अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको लमही नगरपालिका–८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा पाँच किलो छ सय ग्रामसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा.१ प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुनसहित दुई जना रहेको प्रहरीले जनाएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।