अवैध लागूऔषधसहित दुई जना पक्राउ

0
Shares

कैलाली । कैलालीमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) साँझ धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चरेस दुई किलोग्रामसहित बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा रावलको साथबाट एक किलो दुई सय ग्राम र रोकायाको साथबाट आठ सय ग्राम र उक्त चरेस फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।