नेप्लीज अमेरिकन नर्सिङ एसोसियसनको अध्यक्षमा पुडासैनी चयन



न्यूयोर्क ।

नेप्लीज अमेरिकन नर्सिङ एसोसियसन (नाना) को दशौ वार्षिक साधारणसभा शनिवार न्यूयोर्कमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । सो सम्मेलनले संगीता पुडासैनी काप्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

अमेरिकामा कार्यरत नेपालीमूलका नर्सहरुको छाता संगठनको रुपमा कार्य गर्दै आएको यस संस्थाको उपाध्यक्षमा नीमा शेर्पा, सचिवमा नविना आचार्य, सहसचिवमा उर्मिला खड्का थापा, कोषाध्यक्षमा सनिता दास परियार र सह कोषाध्यक्षमा लामु लामा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यमा सबिना श्रेष्ठ, रिता श्रेष्ठ, सबिना लामिछाने वाग्ले, लक्ष्मी भण्डारी, सारिका थापा, आङ याङकी शेर्पा र सुमित्रा बोहरा चयन हुनुभयो ।

नेप्लीज नर्सिङ एसोसियसनका निवर्तमान अध्यक्ष पूर्णदेवी महर्जनले अमेरिकामा रहेका नेपालीमूलका नर्सहरुको बृत्तिविकासको लागि संस्थाले काम गर्दै आएको बताउनुभयो ।​संस्थाले कोभिडको समयमा पनि नेपालका १४ वटा अस्पतालमा मास्कलगायत समान वितरण गरेको जनाउदै महर्जनले भन्नुभयो, “हाम्रो संस्थाले अमेरिकामा रहेका नर्सहरुको बृत्तिविकाससंगै नेपालको स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पनि सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्