भारतले पूर्व सूचनाबिना नै बन्द गरेको सीमानाका खुला

0
Shares

वीरगञ्ज । भारतीयले पूर्व सूचनाबिना नै बन्द गरेको सीमाना खुला गरेको छ । सीमावर्ती शहर रक्सौल नगरमा निर्वाचन भएकोले बिहानदेखि भारतले वीरगञ्ज–रक्सौल सीमानाका बन्द गरेको खुला गरेको हो ।

भारतले पूर्वसूचनाविना मनोमानी सीमानाका बन्द गरेपछि स्थानीयलाई नेपाल–भारत आवतजावत गर्न समस्या भएको थियो । यसका साथै सवारी साधन पनि सीमानाकामै ठप्प भएका थिए ।

साँझदेखि दुवैतर्फका सीमा प्रशासकहरुको वार्ताबाट नाका खुला भएको हो । जिल्ला प्रशासन कार्यालय, पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बन्द सीमानाका खुला भएको बताए ।

रक्सौल नगर निगमको निर्वाचनका लागि आइतबार पुस ३ गते सीमानाका बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म पुनः बन्द हुने बताए ।