नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविर सम्पन्न

0
Shares

काठमाडौँ।

काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको उपलक्ष्यमा नेपाली सेनाको सहकार्यमा गत मंसिर २८ गतेबाट जंगी अड्‍डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा संयुक्त रुपमा सञ्चालन भएको निःशुल्क स्‍वास्‍थ्य शिविर सम्पन्न भएको छ।

दुई दिने स्वास्थ्य शिविर बिरामीको चापलाई मध्येनजर गर्दै थप एक दिन गरी शुक्रबार अपरान्ह सकिएको नेपाली सेनाले जनाएको छ।

सो स्वास्थ्य शिविरमा पुरुष ६८१, महिला ७३६ तथा बालबालिका ६५ गरी जम्मा १४८२ जनालाई जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स(रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, इकोकार्डिओग्राफी, ईसीजी तथा ब्लड सुगर जाँच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधि समेत वितरण गरिएको थियो।

उक्त स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि छाउनीस्थित वीरेन्द्र अस्पतालबाट आवश्यक औषधिसहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ अर्दली गरी जम्मा ११७ जना स्वास्थ्यकर्मी खट्टिएका थिए।