हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

पूर्वी रूकुम । अवैध हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ । हिजो (बिहीबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुथाउत्तरगंगा गाउँपालिका–१ बस्ने ३३ वर्षीय फल बहादुर पुन भन्ने फलराज पुनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ ।

जिल्ला अदालत मनाङको २०७६ बैशाख ११ गतेको फैसलाले हातहतियार खरखजना मुद्दामा ती वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पुनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुकुमकोट पूर्वी रुकुममा पेश गरिएकोमा अदालतको आदेशले कैद जरिवाना भुक्तानका लागि रुकुम पश्चिम कारागार कार्यालय पठाइएको छ ।