बृद्धा महिलाहरुलाई ललाई फकाई सुनका गहना चोरी गर्ने पक्राउ



कास्की । बृद्धा महिलाहरूलाई ललाई फकाई सुनका गहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्ति (बुधबार) उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले बताएको छ । २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरेकी श्रेष्ठ उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान  या प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्