वरिष्ठ नेता पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’ पदक

0
Shares

काठमाडौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ ।

वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज बिहीबार उनकै निवासमा ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरिएको हो । सन् २०२० अप्रिल २९ गते घोषणा भएको याे सम्मान कोभिडलगायतका कारण आज प्रदान गरिएको हो ।

जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज दिउँसो ३ बजे वरिष्ठ नेता पौडेललाई प्रदान गरिएको छ ।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि कदर गरिएको हो ।

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए ।